कोरोना संक्रमण बढेसंगै राष्ट्र बैंकबाट आयो यस्तो निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कोरोना संक्रमण बढेसंगै राष्ट्र बैंकबाट आयो यस्तो निर्देशन



काठमाडाैं । नेपाल राष्ट्र बैंकले कोभिड १९को संक्रमण बढ्दै गए पछि बैंक तथा वित्तिय संस्थालाई निर्देशन जारी गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तिय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानी अपनाउन भनेको छ ।

सूचनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालन हुने तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरी कायम गर्न भनेको छ । साथै भरसक यस्ता कार्यक्रम अनलाइन मार्फत नै गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै राष्ट्र बैंकले बैंकहरुको एटिएम बुथमा सेनिटाइजर र ढोकाहरु खुल्ला राख्न समेत निर्देशन दिएको हो ।

प्रकाशित : २६ पुष २०७८, सोमबार १४:४३