नेपाल इन्भेष्टमेण्ट बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेण्ट बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ६८ हजार ७ सय ८३ कित्ता शेयर संस्थापक शेयर विक्री खुल्ला गरेको हो ।

बैंकले विद्यमान संस्थापकको नामममा रहेको उक्त ६८ हजार ७८३ कित्ता सेयर बिक्री खुल्ला गरेको एक सुचना जारी गदै जानकारी दिएको छ ।

हाल कायम बैंकका शेयरधनीहरुले संस्थापक सेयर खरीद गर्न सक्नेछन् । हाल कायम संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र १०० रुपैयाँ देखि नै प्रतिप्रस्धात्मक मूल्यमा सेयर खरीदका लागि निवेदन दिन सक्नेछन् ।

त्यसैगरी ३५ दिनसम्म आवेदन नपरेमा अन्य व्याक्ति वा संघ संस्थालाई बिक्री गर्ने प्रक्रिया खुल्ला गर्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : २६ पुष २०७८, सोमबार १२:२१