कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सुचिकृत



काठमाडौं । कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लक्ष्मी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता बोनस शेयर आइतवार सुचिकृत भएको हो ।

सोमवारदेखि कारोबारयोग्य भएको यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् । कुमारी बैंकले कात्तिक १६ गते पारित गरेको ६ प्रतिशत बोनस शेयर र लक्ष्मी लघुवित्तले मंसिर १० गते पारित गरेको २० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।

प्रकाशित : २६ पुष २०७८, सोमबार ११:१३