काठमाडाैका दुई सहकारी मर्ज भए, ॐ श्री शान्ति बहुउद्देयीयका नामबाट एकिकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडाैका दुई सहकारी मर्ज भए, ॐ श्री शान्ति बहुउद्देयीयका नामबाट एकिकृत कारोबार सुरु



काठमाडाै‌। श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाण्डौ र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, काठमाण्डौं एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देयीय सहकारीका नामबाट एकिकृत कारोबार सुरु भएको छ ।

शनिबार श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेडको २२ औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभालाई एकिकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमति पछि एकिकृत कारोबार सुरु गरिएको घोषणा गरीयो ।

संयुक्त साधारण सभाले एकिकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा लिन सक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङ्गको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द बताए ।

यसैगरी संस्थाले सदस्यहरुको लागि “जन्म देखि मृत्यु सम्म ॐ श्रीशान्ति सहकारी हरेक सदस्यको घरघरसम्म कार्यक्रम” अन्र्तगत सदस्य वीमा कार्यक्रमको सुरुवात गर्ने र संस्थाका सदस्यहरुलाई सुत्केरी भेटघाट कार्यक्रम अन्र्तगत महिला उपसमितिको समन्वयमा सदस्यहरु सुत्केरी हुँदा संस्थाबाट कपडा (लुगा) र रु.१,५०० भत्ता सहित भेटघाट गरी बधाई ज्ञापन कार्यक्रम लागू गरिएको शर्माले बताए ।

एकिकरण पश्चात संस्थाको विनियम पुर्नलेखन गर्ने, आन्तरीक नीतिहरु परीमार्जन गर्ने र सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ बमोजिम संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणहरु अध्यावधिक गर्ने कार्य गरीरहेको शर्माले बताए । अध्यक्ष शर्माले संस्थाको भावी कार्यक्रम र योजना अन्र्तगत समान प्रकृतिका संस्थाहरुसंग एकिकरण गर्ने, संस्थाको शेयर पूँजीको बृद्धि गरी ४ करोड पुर्याउने र निक्षेप बृद्धि गरी १४ करोड पुर्याउने र सदस्यहरुको वृद्धि गरी ४,५०० पुर्याउने लक्ष पेश गरे ।

साधारण सभाको उद्धघाटन गर्दै कम्पनी रजिष्टार कार्यालयका प्रमुख प्रदिपराज अधिकारीले पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै सम्बृद्धि र शान्ति सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : २४ पुष २०७८, शनिबार १६:४७