सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्छः मन्त्री श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्छः मन्त्री श्रेष्ठ



काठमाडाैं । भूभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीमा व्याजदर बढाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा जोड दिएकी छिन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताएकी हुन् ।

उनले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताइन् । मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा ब्याजदर बढाउने नभई सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्ने बताइन् । उनले सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्ने बताइन् ।

मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार भइरहेको बताइन् । उनले पछिल्लो समय सहकारीहरू वित्तीय सुशासनभन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरीत काम गरेकाले जनतासामु विश्वास गुमाउँदै गएको बताइन् । उनले सहकारीहरूले लगानी गर्ने भन्दा पनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्धान्त अनुसार नचलेको बताइन् ।

सहकारीको सिद्दान्त अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको भन्दै जनताको भरोसा नटुटने गरी काम गर्न आाग्रह समेत गरिन् ।त्यस्तै, मन्त्री श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छिन्

प्रकाशित : २३ पुष २०७८, शुक्रबार १६:२३