हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई बैंक विच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सभाले अन्तिम रुप दिनेछ । यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन ।

विशेष साधारण सभाले मर्जर प्रकृया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

मर्जर पश्चात बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड हुने निर्णय पनि सभाले गर्नेछ । मर्जर पश्चात संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व परिवर्तन हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

विशेष सधारण सभा प्रयोजनका लागि बैंकले पुस २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मर्जर प्रकृयाका लागि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।

प्रकाशित : १४ पुष २०७८, बुधबार १५:०२