नर्भिक अस्पतालले डाक्यो पहिलो एजीएम, के के छन् अजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नर्भिक अस्पतालले डाक्यो पहिलो एजीएम, के के छन् अजेण्डा ?



काठमाडांै । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ ।नर्भिकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका दिनका लागि आह्वान गरेको हो ।

सो दिन थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका कार्यक्रमहरु संचालन हुने उल्लेख गर्दै नर्भिकले सेयरधनीहरुलाई सहभागिताका लागि आह्वान गरेको छ ।

साधारणसभा सो दिन ११ः३० बजेबाट सुरु हुने सूचनामा उल्लेख छ ।

पहिलो वार्षिक साधारणसभामा संचालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा राखिएको छ ।

यस्तै, सभाका अन्य अजेण्डाहरुमा लेखापरीक्षकको प्रतिवेदनसहित सम्वत् २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणहरुमा छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने तथा संचालक समितिको भत्ता अनुमोदन गर्ने र संस्थापक तथा संचालक समितिले गरेको आवशयक निर्णयहरु अनुमोदन गर्ने रहेका छन् ।

नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणका लागि समेत साधारण सेयरको निश्कासन गर्ने योजनाका साथ अगाडि बढिरहेको देशकै पहिलो अस्पताल पनि हो । अस्पतालले साधारण सेयरहरुको प्राथमिक निश्कासन(आइपीओ) जारी गर्ने अजेण्डा समेत यसअघि सार्वजनिक गरे पनि पहिलो वार्षिक साधारणसभा भएका कारण र कतिपय नियामकीय व्यवस्था प्रक्रियामै रहेका कारण सो अजेण्डा एजीएममा समेटिएको छैन ।

प्रकाशित : ८ पुष २०७८, बिहीबार १०:१९