काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको बुधबार सम्पन्न संचालक समितिको १०१ औं बैठकले संचालक समितिको सदस्यमा चार्टर्ड एकाउण्टेण्ट रुपेश लुइटेललाई नियुक्ति गरेको छ ।
उनिसंग सनराइज बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडमा गरी १० वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव रहेकोे छ । उनले हासिल गरेको लामो कार्य अनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएको जनाएको छ ।
Comment