सनराइज बैंकले ल्यायो सहकारीको लागि डेबिट कार्ड,यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकले ल्यायो सहकारीको लागि डेबिट कार्ड,यस्ता छन् सुविधा



काठमाडाै । सनराइज बैंकले सहकारी संस्थाहरुको लागि भिसा को -ब्राण्ड डेबिट कार्ड (Visa co-brand Debit card) संचालनमा ल्याएको छ। सहकारी संस्थाहरुले जारी गर्ने यस कार्ड नेपाल सहित भारत र भुटानमा पनि प्रयोग गर्ने मिल्ने छ ।

पायोनियर एसोसियट, सनराइज बैंक र आईमार्कको सहकार्यमा कार्ड जारी गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार हाल पाइलट प्रोजेक्टको रुपमा ५ सहकारी संस्थाहरु मार्फत कार्यक्रम सचालन गरिएको छ। बैंकले यस आर्थिक बर्ष भित्रमा चार प्रदेशबाट थप न्यूनतम २५ सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

सन् २००६ मा स्थापना भएको पायोनियर एसोसियटले समय सापेक्ष विभिन्न विद्युतिय वित्तीय पहुँचका औजारहरु (Fintech Apps & solutions) उपलब्ध गराउदै गुणस्तरिय वित्तीय पहुँचमा सहयोग पुराउदै आएको छ । पायोनियर एसोसियटले उपलब्ध गराएको कोशिस सफ्टवेयर हाल एक हजार भन्दा बढी सहकारीहरुले प्रयोग गरिरहेका छन् । त्यस्तै कम्पनीले NEXGen CoSys , लघुवित्त वित्तीय संस्था र लघुवित्त नमूना अनुसरण गर्ने सहकारी संस्थालाई, कृषि उत्पादन, प्रशोधन र बजारिकरण गर्ने कृषि सहकारी संस्थालाई FarmSys, उपभोक्ता भण्डार सञ्चालन गर्ने सहकारी संस्थाकोलाई CoSys Store Sys प्रणाली बिकास गरी वितरण गरेको छ ।

त्यस्तै मोबाइल बैंकिड, QR Code सेवा, Management App ब्यबस्थापकलाई तत्कालै जानकारी हुने व्यवस्थापन प्रतिवेदन प्रणाली, सदस्यहरुको घरदैलो तथा ब्याबसाय स्थलमा गइ बचत ऋण किस्ता व्याज आदि संकलन गर्ने कलेक्टर एप (Collector App), गतिशिल सेवाकेन्द्र ( Mobile Counter), साख सूचना ब्यबस्थापन प्रणाली (Credit Information Management Service System), विभिन्न तहबाट प्रगति मूल्यांकन, अनुगमन को साथै प्रतिवेदन प्रणाली, सेवाकेन्द्र कारोवार प्रणाली Inter branch transactions) आदि सेवाहरु उपलब्ध गराउदै आएको छ ।

यस प्रकारका सेवा उपभोग गर्ने साझेदार सहकारी संस्थाहरुलाई बिहान ७ बजेबाट बेलुकी ७ बजे सम्म हप्ताको सातै दिन सेवा उपलब्ध गराउदै आएको छ । यसको अतिरिक्त अन्य सेवा प्रदायकको प्रणाली (software) छाडेर कोसिस रोज्ने सहकारी संस्थाहरुलाई तथ्यांक स्थानान्तरण सेवा (DATA Migration) समेत उपलब्ध गराउदै आएको छ । मासिक रुपमा सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुलाई विभिन्न विषयमा तालिम समेत संचालन गर्दै आएको छ ।

प्रकाशित : ७ पुष २०७८, बुधबार १६:०४