सानिमा बैंककाे सिइओमा पाण्डे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंककाे सिइओमा पाण्डे नियुक्त



काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीइओमा नियुक्त गरेको हो । बैंकमा अहिलेका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने छ ।

लगातार दुई कार्यकाल सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिन लागेका हुन् । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डेलाई दाहालले सीइओ बनेपछि नबिल बैंकबाट ल्याएका थिए ।

प्रकाशित : ३ पुष २०७८, शनिबार १०:४०