नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्स्चेन्जमा शुक्रबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार लक्ष्मी बैंकको आठ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

नेप्सेले लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । लक्ष्मी बैंकको समायोजनपछि नेप्सेले २७० रुपैयाँ ३७ पैसा भाउ  निर्धारण गरेको छ ।  

समता घरेलु लघुवित्तको बोनस सेयर समायोजन पछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यी तीनवटै कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार ११:२२ 10 December, 2021 11:22 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।