वोमी लघुवित्तको साधारणसभा १६ पुसमा, लाभांश र मर्जर प्रस्ताव पारित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

वोमी लघुवित्तको साधारणसभा १६ पुसमा, लाभांश र मर्जर प्रस्ताव पारित हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न शुक्रबार बिहान ११ बजे, होटल अरनिको धुलिखेलमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र सूर्योदय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित हुनेछ । मर्जरपछि बन्ने लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि लघुवित्तले १-१६ पुससम्म बुकक्लोज गर्ने भएको छ। यद्यपि, मर्जर प्रयोजनका लागि  लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का गरिएको छ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १४:२६ 8 December, 2021 2:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।