गणपति लघुवित्तको साधारणसभा पुस १७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गणपति लघुवित्तको साधारणसभा पुस १७ गते



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर २० गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको ५ औं वार्षिक साधारण सभा पुस १७ गते (शनिबार) हवइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी न.पा ४ दुलेगौंडा, तनहुँमा विहान ११:०० बजेदेखि सुरु हुने छ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि १२ लाख ७३ हजार ५ सय ६७ रुपैयाँ ५० पैसा नगद गरी लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन पारित गर्ने, २०७८ साल आषाढ मसान्त सम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आ.ब. २०७७/२०७८को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु पारित गर्ने लगायतका प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ७ गते देखि १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस ६ गते नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलवार १२:२०