सेयर बजारमा भारी अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा भारी अंकको गिरावट



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७२.३० अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ८९ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज ४ अर्ब ९ करोड ७ लाख बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर घटेको छ ।

आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६२ लाख ८४ हजार २ सय ५५ रूपैयाँको कारोबार भएको छ ।

आइतबार न्यादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ५४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै आइसिएफसि फाइनान्स लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशतले घटेर ७ सय ४८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आईतवार १६:०५