आइएमई लाइफको एजेन्सी म्यानेजर क्षमता विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई लाइफको एजेन्सी म्यानेजर क्षमता विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले प्रदेश १ अन्तर्गत मेची क्षेत्रको एजेन्सी म्यानेजरहरुलाई लक्षित गरी क्षमता विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ । उक्त तालिम तीन दिनसम्म संचालन भएको थियो । विर्तामोड स्थित हनुमान कम्प्लेक्समा शाखा कार्यलयमा सम्पन्न तालिममा पूर्णकालिन रुपमा काम गर्न इच्छुक रहेका ६० जना एजेन्सी म्यानेजरहरु सहभागी रहेका थिए ।

तालिममा चिफ एजेन्सि मेनेजरहरु मनु साम्पाङ, हरि खनाल, हरिशरन लम्साल, चन्दन शाह लगायतले आफ्नो अनुभवसेयर गरेका थिए भने प्रदेश १ उप–प्रमुख ओम प्रकाश राईले सेल्स प्रोसेसको बारेमा जानकारी दिए ।

त्यस्तै चिफ एजेन्सी म्यानेजरहरु नगेन्द्र श्रेष्ठले गोल सेटिङ र आयको बिषयमा, याम कुमार राईले क्लाइन्ट ह्यान्डलिङ, मोहन बेघा र दिनेशपेखरेलले बीमा पोलिसि आदिको बिषयमा प्रष्ट पारेका थिए ।

यस तालिमले एजेन्सी म्यानेजरहरुमा क्षमता अभिबृद्धि भई व्यापार बृद्धिमा सहयोग हुने भएकोले यस्ता खालका तालिमहरु अब गरिहने प्रदेश १ का प्रमुख मिलन दाहालले बताए ।

यस तालिममा समुह र व्यक्तिगत रुपमा विभिन्न विधामा उत्कृष्ट सहभागिहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित : 5 December, 2021 1:27 pm