महिला लघुवित्तको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

महिला लघुवित्तको सेयर मूल्य समायोजन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३६ सय ५८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

नेप्सेले यस दिन लघुवित्तको ४७ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता पाँच हजार ३९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्न २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार १०:३२ 2 December, 2021 10:32 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।