आरएमडीसीले घोषणा गर्‍याे २५ प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

आरएमडीसीले घोषणा गर्‍याे २५ प्रतिशत लाभांश

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आरएमडीसीले १५ मंसिरमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् । हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको छ । सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार १२:१५ 1 December, 2021 12:15 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।