नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आठ दशमलव ४२ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आठ दशमलव ४२ प्रतिशत लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको १४ मंसिरमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनी पाउनेछन् । बैंकको हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ छ । सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार ११:०९ 1 December, 2021 11:09 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।