केपिलासगढी गाउँपालिकाले बनायाे डेढ कराेडकाे प्रशासनिक भवन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

केपिलासगढी गाउँपालिकाले बनायाे डेढ कराेडकाे प्रशासनिक भवन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । १ करोड ७६ लाख ५४ हजार रुपैयाँमा तीन तले पक्की भवन बनाएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको भवन सोमबार गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी)ले रिवन काटेर उद्घाटन गरे ।

हालसम्म केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको तत्कालीन गाविस र पृथ्वी माविको जीर्ण भवनलाई मर्मत गरेर सेवा प्रवाह गर्दैआएको गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए । भवनमा एउटा सभा हलसहित १३ वटा प्रशासनिक कोठा छन् ।

आठ स्थानीय तहले बनाए आफ्नै भवन
खोटाङका १० स्थानीय तहमध्ये आफ्नै प्रशासनिक भवन बनाउनेको संख्या आठ पुगेको छ । निर्वाचनपछि कार्यान्वयनमा आएको स्थानीय तहमध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जन्तेढुंगा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाइसकेका छन् ।

साकेला गाउँपालिकाको भवन निर्माणाधीन छ भने ऐसेलुखर्क गाउँपालिकाको भवन अलपत्र अवस्थामा छ ।

ऐसेलुखर्क गाउँपालिकाले हाल भाडामा लिएको घरबाट सेवा सञ्चालन गरिरहेको छ । साकेला गाउँपालिकाले हाल कृषि तथा पशु सेवा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार १०:०१ 30 November, 2021 10:01 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।