व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित



उदयपुर । कटारीस्थित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिका सञ्चालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका छन् ।

कार्कीको कम्पनीले आर्थिक वर्ष ०७६/०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर साविककाे सगरमाथा अञ्चलमै सबैभन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।

कार्की निरन्तर छैटौँ पटक उत्कृष्ट करदाता घोषित भएका हुन् ।

१२ माघ २०७७मा पेस आय विवरणअनुसार ट्रेडिङले ३९ करोड ९६ लाख १६ हजार कारोबार गरेको थियाे । जसमा १ करोड ८४ लाख १७ हजार रुपैयाँ करयोग्य आय गर्न सफल भएको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेखबहादुर मगरले जानकारी दिए । कार्कीले ४६ लाख आयकर तिरेका हुन् ।

प्रकाशित : 25 November, 2021 10:32 am