आइसिएफसी फाइनान्सले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइसिएफसी फाइनान्सले बोलायो साधारणसभा



काठमाडौं । आइसिएफसी फाइनान्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो (मंसिर ७ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको अठारौं वार्षिक साधारण सभा पौस ५ गते (सोमबार) बस्ने भएको हो ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्त पूजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लगि ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशतले लाभांश प्रदान गरिने प्रस्ताव परित गरिनेछ ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पौष ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेनदन सहितको २०७८ अषाढ मसान्त सम्मको वासलता तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद वितरण स्वीकृत गरिने छ ।

कम्पनीको साधारण सभा आम्रपाली ब्याङ्केवट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार १२:३८