सबैको लघुवित्तको साधारणसभा ३ पुसमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सबैको लघुवित्तको साधारणसभा ३ पुसमा



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले ३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

सभामा ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ । 

लघुवित्त साधारण सभा प्रयोजनार्थ १७ मंसिरदेखि २ पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलवार १४:३३