नेरुडेले बोलायो १० पुषमा साधारणसभा, बुकक्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेरुडेले बोलायो १० पुषमा साधारणसभा, बुकक्लोज कहिले ?



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले १० पुषमा १५औँ  साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो । 

साधारणसभा प्रयोजनार्थ लघुवित्तले २६ मंसिरदेखि १० पुससम्म बुकक्लोज गर्न लागेको छ । जसअनुसार २३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा हाल कायम चुक्ता पुँजीको २१  दशमलव ४८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलवार १४:१३