इन्फिनिटी लघुवित्तको आकर्षक लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इन्फिनिटी लघुवित्तको आकर्षक लाभांश प्रस्ताव



काठमाडाैं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको मंसिर ४ गते शनिबार सम्पन्न भएको सञ्चालक समितिको ७३ औंबैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेपश्चात आर्थिक वर्ष २०७७।७८ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित १.४६ प्रतिशत नगद लाभांश गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवबाट लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवमा भने झण्डै दोब्बर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार लघुवित्तले ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा बोनस शेयर र ४७ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड ४५ लाख १८ हजार ६३३ रुपैयाँ ७४ पैसा पुग्नेछ ।

प्रकाशित : ५ मंसिर २०७८, आईतवार ११:२७