फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि ५ मंसिरमा बुकक्लोज गर्दै छ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लघुवित्तको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले १६ मंसिरको बिहान ११ बजे आम्रपाली व्याङ्केट भाटभाटेनी काठमाडौंमा साधारणसभा आह्वान गरेको छ । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत अर्थात आठ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत अर्थात ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

प्रकाशित : २ मंसिर २०७८, बिहीबार १३:०८