काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर समेत २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
आर्थिक वर्ष ०७५/७६ मा लगानीकर्ताहरुको हात खाली बनाएको कम्पनीले यस वर्ष भने उच्च लाभांश प्रस्ताव गरेको हो । कम्पनीले यस अघि आर्थिक वर्ष ०७०/७१ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिको वर्षहरुभन्दा यस वर्ष कम्पनीले उच्च लाभांश वितरण गर्न लागेको हो ।
तिन आर्थिक वर्षको मुनाफा जोडेर हेर्दा न्यून हो । पुरानो भइकन राम्रो गर्न नसकेको एसियन लाइफले शेयर धनीलाई तीन आर्थिक वर्षको जोडेर २७ लाभांश दिएर गुमराहमा राख्ने काम गरेको छ।
Comment