माछापुच्छ्रे बैङ्कले ल्यायो ‘एमबीएल कार्डलेस विथ्ड्रअल’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैङ्कले ल्यायो ‘एमबीएल कार्डलेस विथ्ड्रअल’



काठमाडौँ। माछापुच्छ्रे बैकले डिजिटल बैङ्किङमा अनुसन्धानलाई प्राथमिकता राख्दै नवीनतम सेवा र सुविधाहरू सञ्चालन गर्ने क्रममा ‘एमबीएल कार्डलेस विथ्ड्रअल’ सेवा सञ्चालनमा ल्याएको छ। बैङ्किङ क्षेत्रमा ट्रेन्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरूका माझ उक्त सेवा ल्याएको हो।

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैङ्किङ सुविधाहरूलाई हरेक तह र तप्कासम्म पुर्‍याउने उद्देश्यले एमबीएल कार्डलेस विथ्ड्रअल सेवा बैङ्कले सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ।

हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका ग्राहकहरूले अब सहजै मोबाइल बैङ्किङ सेवा उपयोग गरी कार्डलेस निकासीको विकल्पमा गई यस बैङ्कको एटिएमहरूबाट नगद झिक्न सक्ने छन्।

यस प्रक्रियामा आएको ओटिपि कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैङ्कले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार १३:३३