नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेका लागि बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेका लागि बोलायो साधारण सभा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर १७ गते ३५औं वार्षिक साधाररण सभा बोलाएको  छ । बैंकको कात्तिक २३ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्र्यालय दरबारमार्ग , काठमाडौंमा ंविहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

बैंकले  गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

लाभांश वितरणको प्रस्तावसँगै बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण सहितका प्रतिवेदनहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । साथै संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनमा जाने विषयमाथी पनि बैंकले सभामा छलफल गरी जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहीबार ११:३६