समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार संस्थाको १२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

उक्त बिक्री खुला भएको सेयर समिटका संस्थापक सेयरधनीले बिक्री गर्न लागेका हुन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सो सेयर खरिद गर्न इच्छुकले सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा–१३ पुग्ने गरी निवेदन पेस गर्नपर्नेछ । संस्थाले तोकेको अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार १२:५९