कुमारी बैंककाे प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६५ पैसाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंककाे प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६५ पैसाले घट्यो



काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बै‌ंकले सार्वजनिक गरेकाे पहिलो त्रैमासकाे वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव १९ प्रतिशतले घटेकाे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बै‌ंककाे पहिलो त्रैमासमा खुद नाफा घटेसँगै बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि तीन रुपैयाँ ६५ पैसाले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५ दशमलव ६० रुपैयाँ छ । गत आर्थिक वर्षकोपहिलो त्रैमासमा बैंकको वार्षिक ईपीएस १९ दशमलव २५ रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी दुई दशमलव १९ प्रतिशत र समीक्षा अवधिसम्ममा सञ्चालन नाफा १० दशमलव ५८ प्रतिशतले घटेको छ ।

यता, बैंकको वितरणयोग्य नाफामा भने ३२६ दशमलव ९३ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब १० करोड ६३ लाख १० हजार रुपैयाँ छ । यसअनुसार बैंकले वार्षिक ३१ दशमलव ८८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा लगानी दुबै बढेको छ ।  बैंकले एक खर्ब ५५ अर्ब १८ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ५२ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा तीन अर्ब ९३ करोड रुपैयाँ छ । 

प्रकाशित : १४ कार्तिक २०७८, आईतवार १२:२८