मुक्तिनाथ विकास बैंककाे १८ दशमलव ५० प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंककाे १८ दशमलव ५० प्रतिशत लाभांश घोषणा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बसेको बैठक लाभांश प्रस्ताव हाल कायम चुक्ता पूँजीको १७ दशमलव ५७ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनको लागि शून्य ९२ प्रतिशत गरी कुल १८ दशमलव ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १५औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

हाल चार अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १७ दशमलव ५७ प्रतिशत बोनस वितरणपछि पाँच अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित : १४ कार्तिक २०७८, आईतवार ११:४८