कटारीकाे पोखरियामा पहिलाेपटक पुग्याे बिजुली र सडक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कटारीकाे पोखरियामा पहिलाेपटक पुग्याे बिजुली र सडक



उदयपुर। कटारी नगरपालिका- १ पोखरियामा सडक र विद्युत पुगेकाे छ । सिरहा र उदयपुरकाे सिमास्थित चुरे जंगलभित्र पर्ने दुर्गम पोखरियामा पहिलोपटक सडक र विद्युत पुगेको हो ।

विकासबाट ओझेलमा परेको पोखरियामा नगरपालिकाको पहलमा सडक र विद्युत पुर्‍याएको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । 

विकासबाट पछि परेका गाउँहरूलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई नगरले जारी राखेकाले पोखरियामा बत्ती र सडक पुगेकाे उनकाे भनाइ छ । गाउँमा बिजुली र सडक पुगेपछि स्थानीय हर्षित भएका छन् ।

नगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा पोखरियामा बिजुली बालिएको नगर प्रमुख श्रेष्ठले बताए । बिजुलीसँगै त्यहाँ नगरपालिकाले सडक पनि निर्माण गरिदिएको छ ।

३० घरमा सबमिटर राखेर ६४ घरधुरीमा बिजुली बाल्न सुरु गरिएको श्रेष्ठले बताए । सडक र विद्युतको प्रदेशसभा सदस्य तथा पूर्वप्रदेशका राज्यमन्त्री कला घलेले उदघाटन गरेकी हुन् । 
 

प्रकाशित : 28 October, 2021 2:11 pm