गुराँस लाइफद्धारा बोनस घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लाइफद्धारा बोनस घोषणा



काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सले आव २०७५/७६ बाट शेयरधनीलाई वितरण गर्ने बोनस प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको कार्तिक ११ गते सम्पन्न १७७ औं बैठकले चुक्ता पूँजी  १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँको ५.५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बिहीबार सम्पन्न बैठकले मंसिर १० गते एघारौं वार्षिक वार्षिक साधारण सभा आह्वान गर्दै बुकक्लोज मिति समेत तोकेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कार्तिक २३ गते मंगलबारदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्नेछ ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहीबार १२:१४