अरुण भ्यालीको साधारणसभा आज, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण भ्यालीको साधारणसभा आज, यस्ता छन् एजेण्डा



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न आज साधारण सभा बस्दैछ । सभा बिहान ११ बजे बस्नेछ । सभा प्रयोजनका लागि कम्पनीले ११ असोजमा बुक क्लोज गरिसकेको छ । 

यसर्थ, १० असोजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने भएका छन् । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले सेयरधनीलाई बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी पनि थालेको जनाएको छ ।
 

प्रकाशित : 10 October, 2021 10:55 am