परिसंघमा कृषि परिषद् विकास गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

परिसंघमा कृषि परिषद् विकास गठन



काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन ।

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पु¥याउन सहजीकरण गर्नेछ ।

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषदको रहेको छ । परिषदको सदस्यहरूमा पवन कुमार गोल्यान, प्रेम लामा, डा। दिल्ली राम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ रहेका छन ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार १७:५४