एमाले महाधिवेशन : बिहानको भात पार्टीको, बेलुकाको भात गोजीको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एमाले महाधिवेशन : बिहानको भात पार्टीको, बेलुकाको भात गोजीको



काठमाडौं । एमालेले भोलि (शुक्रबार) बाट सुरु हुने विधान महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले पत्रकार सम्मेलनमार्र्फत तयारी पूरा भएको बताउँदै तीन दिनसम्म गरिने कार्यसूची सार्वजनिक गरेका छन् । 

बादलका अनुसार ६ हजार प्रतिनिधि सहभागी हुने भनिएको महाधिवेशनमा सहभागीहरूले बिहानको खाना र दिउँसोको खाजा पार्टीको तर्फबाट पाउने छन् भने बेलुकीको खाना र बासस्थानको भने आफैँले व्यवस्थापन गर्नुपर्नेछ । 

बेलुकीको बास र खानाका लागि पार्टीका सम्पर्क र समन्वय कमिटीले व्यवस्थापन गर्ने जिम्मा लिएको पत्रकार सम्मेलनमा बताइएको छ । तर, बेग्लै बस्न चाहने प्रतिनिधिले भने बासस्थान र बेलुकीको खानपानको प्रबन्ध आफैँले गर्नुपर्नेछ । 

सवारीसाधन नहुने जनप्रतिनिधिलाई सातदोबाटोबाट पार्टीका झन्डावाल गाडीले महाधिवेशनस्थल गोदावारी लैजानेछ भने बेलुका सातदोबाटोमै ल्याएर छाड्नेछ । 
सातदोबाटोभन्दा टाडा बासस्थान भएकाले आफ्नै खर्चमा यात्रा गर्नुपर्ने बादलले जानकारी गराए । शुक्रबार बिहान ९ देखि ११ बजेभित्र खाइनसक्नेले भने पार्टीको मेसमा भान्सा गर्न पाउने छैनन् ।

प्रकाशित : 30 September, 2021 3:50 pm