काठमाडौं । नापतौल विभागले उद्योगीको उत्पादनमा उपभोक्ताको विश्वास कायम हुनुपर्नेमा जोड दिएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगलाई जवाफदेही बनाउने र गुणस्तरीय उत्पादनमा जोड दिइरहेको बताए । ‘यद्यपि कानुनका कारणले पनि प्रभावकारी जान सकेका छैनौ । प्रत्येक वर्ष ४०/५० मुद्दा अदालतमा परिरहेको छ । अनुमति नलिएकोमा पनि चर्को जरिवाना छ । ऐनमा परिमार्जनको खाँचो छ,’ बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियामा उनले भने ।
पुडासैनीले खुद नापतौलमासमेत समस्या रहेको बताए । ‘दहीमा नै विकृति छ । दही केजीमा बेच्नुहुन्छ । व्यापारी सुध्रिनु भएको छैन । दही लिटरमा बेच्ने हो, केजीमा कहाँबाट आयोरु यस्ता विकृति छन्,’ उनले भने, ‘ढक र काटा नापतौल ठिक हुनुपर्छ । प्रमाणित ढक काटा प्रयोग गरेकोहो कि हैन उपभोक्ता पनि सचेत हुनुपर्छ ।’
व्यापारीले व्यवसाय सञ्चालनको सबै मापदण्ड पालना गर्नुपर्नेमा त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो । ‘व्यापारी भनसुन गरेर मिलिहाल्ला भनेर सुध्रिएका छैनन् । कानुनले कही छोड्दैन । व्यापार गर्दा कुन(कुन कानुन आकर्षित हुन्छ भनेर हेर्नुपर्छ,’ उनले भने ।
उद्योगीको उत्पादनमा विश्वास कायम होस् भनेर विभाग लागिरहेको उनको भनाइ थियो ।
Comment