अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं। अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार एक दिन बाँकी छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि ११ असोजमा बुक क्लोज गर्दैछ । जसअनुसार आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीले मात्र २४ असोजमा आयोजना हुने साधारणसभामा लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले लाभांश पारित गर्न २४ असोजबिहान ११ बजे साधारणसभा आह्वान गरेको छ । अरुण भ्यालीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित : 26 September, 2021 10:45 am