सिटिजन्स बैंकले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकले गर्यो लाभांश घोषणा



काठमाडाैं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल रु २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिले दिएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : 24 September, 2021 8:17 pm