नबिल ब्यालेन्सड् फण्ड-३ को इकाई बिहिबार बाँडफाँड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल ब्यालेन्सड् फण्ड-३ को इकाई बिहिबार बाँडफाँड हुने



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ‘नबिल ब्यालेन्सड् फण्ड–३’ को इकाई बिहीबार बाँडफाँड गर्ने भएको छ । २५-२९ भदौसम्म प्रति इकाई १० रुपैयाँको दरमा १० करोड इकाई निष्काशनमा ल्याएको इकाई नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा भोलि बिहान ९ः३० बजे इकाई बाँडफाँड हुने भएको हो ।

फण्डले प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बिज पुँजी वापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडको लागि १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई १ प्रतिशत वा न्यूनतम १० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याएको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो

प्रकाशित : 22 September, 2021 3:53 pm