नागरिक लगानी कोषको संस्थापक सेयर विक्री पुनः खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नागरिक लगानी कोषको संस्थापक सेयर विक्री पुनः खुला



काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सीआइटी (नागरिक लगानी कोष)को संस्थापक सेयर पुनः बिक्री खुला भएको छ । बैंकले धेरैपटक लिलामीमा विक्री खुला गर्दा नबिकेपछि आजदेखि पुनः विक्रीमा ल्याएको हो ।

बैंकले ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला गरेकोमा न्युनतम ११ सय ९७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

एनआईसी एसिया क्यापिटल बबरमहल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट लिलामी आवेदन पेश गर्न सकिनेछ । यसमा १५ असोजसम्म बोलपत्र पेश गर्न सकिने छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ११:४२