सिटी एक्सप्रेस र युरोपको टेरा पेमेन्टबीच रेमिटान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटी एक्सप्रेस र युरोपको टेरा पेमेन्टबीच रेमिटान्स सम्झौता



काठमाडौं । युरोपको ख्यातिप्राप्त टेरा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरु भएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेका तर्फबाट सहसंस्थापक एनी सानेले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै युरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने सिटी एक्सप्रेसले जनाएको छ । साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार १४:३४