सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ बैंकको ५ सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ बैंकको ५ सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौमा ५ सहयोग गरेको जनाएको छ ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया इन्टरनेसनल प्रा. लि लाई सहयोग गरेको छ ।

यसैगरी कास्कीको मालपोत कार्यालयका सेवाग्राहीका लागि प्रतीक्षालय कुर्सी सहयोग गरिएको गरिएको छ ।

बालबालिकाको शिक्षामा टेवा पुर्‍याउनका लागि रेष्ट फाउन्डेसन अन्तर्गत बालबालिका लागि चाहिने किताब दराज निर्माण गर्न ४० हजार सहयोग गरिएको छ ।

यसैगरी आर्थिक स्थिति कमजोर भएका कास्कीका २८ वर्षीय प्रकाश बरालको मिर्गौला प्रत्यारोपणका लागि ५० हजार सहयोग गरेको बैंकले जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार ११:४६