तेह्रथुम पावरको आइपीओ बाँडफाँड , यसरी हेर्नुस् नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तेह्रथुम पावरको आइपीओ बाँडफाँड , यसरी हेर्नुस् नतिजा



काठमाडाै । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आइपीओ) को बाँडफाँड आज (भदौ २५ गते, शुक्रबार) सम्पन्न भएकाे छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएकाे छ । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियाे ।

नजिता ४ तरिकाबाट

रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, एनआईबिएल एस क्यापिटल लिमिटेडकाे वेभसाइट (https://niblcapital.com/), तेह्रथुम पावर कम्पनीकाे वेभसाइट (https://terhathumpc.com/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १३:२३