यसकारण रोकियो गोर्खाज फाइनान्सको साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यसकारण रोकियो गोर्खाज फाइनान्सको साधारणसभा



काठमाडाैं । उच्च अदालत पाटनले साधारणसभा स्थगन गर्न अन्तरिम आदेश दिएपछि आज भदौ २४ मा हुने भनिएको गोर्खाज फाइनान्स कम्पनीको साधारणसभा पुनः स्थगित भएको छ ।

कम्पनीको भदौ ९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६ औँ वार्षिक साधारण सभा भदौ २४ गते, बिहीबार होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने तय भएको थियो तर अदालतको आदेश पछि आज हुनु पर्ने सभापनि स्थगन भएको हो ।

कम्पनीको यस अघि बैशाख २१ गतेका लागि तय गरिएको साधारणसभा आह्वान नयाँ भेरियन्टको कोरोना संक्रमण बढेको र निषेधाज्ञा समेत जारि भएको अवस्थामा सभा स्थगित गरेको थियो ।

प्रकाशित : २४ भाद्र २०७८, बिहीबार ११:४६