नबिल व्यालेन्स्ड फण्डले ३५ % प्रतिफल वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Flash News

नबिल व्यालेन्स्ड फण्डले ३५ % प्रतिफल वितरण गर्ने



काठमाडौं । यस वर्ष नबिल व्यालेन्स्ड फण्ड २ ले इकाईधनीहरुका लागि कर समेत ३५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गतको यस योजनाका इकाईधनीहरुलाई गत आर्थिक वर्ष ०७७/७८ को लागि उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोज भने पछि प्रकाशित गर्ने जानकारी दिईएको छ । यस योजनाले ११ करोड २० लाख इकाई जारी गरेको हो ।

साउन मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १८ दशमलव ८७ रहेको छ ।

प्रकाशित : 8 September, 2021 2:45 pm