स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Flash News

स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर घोषणा



काठमाडाैं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । स्वरोजगारको मंगलबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले २०७७–७८ को नाफाबाट २५% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले जनकपुर लघुवित्त एकिकृत कारोबार समेत शुरुवात गरेको हुँदा घोषित लाभांशमा लाग्ने करको व्यवस्था नगरेको बताएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ छ। २५ प्रतिशतका दरले १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : 8 September, 2021 12:10 pm