सेयर लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ज्ञापन पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

सेयर लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ज्ञापन पत्र

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ। पूँजी बजारका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई ज्ञापनपत्र बुझाएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ल्याएको नीतिकै कारण नेपालको सेयर बजार ओरालो लाग्न थालेको भन्दै उनीहरुले पूँजी बजार सुधारका लागि विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै पुतलीसडक स्थित शंकरदेव कलेजबाट नारावाजीसहित उनीहरु राष्ट्र बैंकको प्रधान कार्यालय घेराउ गर्न बालुवाटार पुगेका थिए । राष्ट्र बैंकको प्रधानकार्यालय निशेधित क्षेत्र भएकोले उनीहरु भित्र प्रवेश गर्नबाट बञ्चित भएका थिए । गट बाहिरै धर्ना बसेका उनीहरुले प्रवक्ता ढकाललाई मागपत्र बुझाएर फर्किएका छन् ।

सेयर धितो कर्जामा राष्ट्र बैंकले लगाएको नयाँ सीमा वा कडाइले बजार घटेको उनीहरुले आरोप लगाउँदै आएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एकजना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थालाई थप स्पष्ट पार्दै कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेपछि सेयर बजार ओरालो लागेको थियो । लाभांश वितरणमा समेत राष्ट्र बैंकले कडाइ गरेको छ ।

उक्त कडाइलाई खुकुलो गर्नुपर्ने, कर्जा नोक्सानी, लाभांस वितरण पूँजीगत लाभकरलगायतका विषय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित : २१ भदौ २०७८, सोमबार १६:३६ 6 September, 2021 4:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।