नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ ।


‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।


यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ ।


यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।


यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ ।


नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

प्रकाशित : 6 September, 2021 2:29 pm