पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीले गभर्नरलाई के भने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीले गभर्नरलाई के भने ?



काठमाडौ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।


राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन ।


कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन् ।


जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : 6 September, 2021 1:05 pm